काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका डिफेन्डर जोसे मारिया जेमिनेजले सम्झौता नवीकरण गरेका छन् ।
उरुग्वेका डिफेन्डर जोसेले क्लबमा थप चार वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
२६ वर्षीय सेन्टर ब्याक जोसे अब सन् २०२५ सम्म एट्लेटिकोमा रहने छन् । जोसे सन् २०१३ मा एट्लेटिको आएका थिए । त्यसयता उनी निरन्तर एट्लेटिकोबाट खेलिरहेका छन् । जोसेले एट्लेटिको लागि २ सय १६ खेल खेलिसकेका छन् ।
एट्लेटिको लागि उनले ला लिगा, यूईएफए सुपर कप, युरोपा लिग, सुपर कोपा लगायत उपाधि जितिसकेका छन् ।
उरुग्वेका लागि उनले ६७ खेलमा ८ गोल गरेका छन् ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments