काठमाडौं । चेल्सीका प्रशिक्षक थोमस टचेलले मडिफिल्डर हाकिम जियाच गम्भीर घाइते भएको बताएका छन्। बुधबार राती सम्पन्न भिल्लारियालविरुद्धको युईएफ सुपर कपमा जियाचको पाखुरामा चोट लागेको हो।
जियाचकै गोलमा चेल्सीले अग्रता लिएको थियो। तर चोटका कारण जियाचले ४३औँ मिनेटमै मैदान छाडेका थिए। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि चेल्सीले पेनाल्टी सुट आउटमा सुपर कपको उपाधि जितेको थियो।
प्रकाशित मितिः २०७८ साउन २८ बिहिबार
Comments