काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले क्यानेडियन ओपन टेनिस नखेल्ने भएका छन् ।
चोटको कारण देखाउदै नाडालले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।
नाडाललाई देब्रे खुट्टाको चोटले सताएको बताईएको छ । यो घोषणा गर्दा म माफी चाहन्छु की यस वर्ष क्यानेडियन ओपनमा सहभागी हुन सक्दिन, नाडालले भनेका छन्, मेरो खुट्टा तयार छैन । राम्रो अनुभव गरिरहेको छैन ।
नाडालले गत साता अमेरिकाको सिटी ओपन टेनिस खेलेका थिए । तर, उनी अन्तिम १६ बाट बाहिरिएका थिए ।
अब नाडालले युएस ओपनसम्म विश्राम गर्ने जनाएका छन् । युएस ओपन टेनिस अगस्ट ३० बाट सुरु हुनेछ । नाडालले ४ पटक युएस ओपन जितेका छन् ।
प्रकाशित मितिः २०७८ साउन २७ बुधबार
Comments