काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस रासफोर्डको काँधको चोटको सफल शल्यक्रिया गरिएको छ ।
युनाईटेडका फरवार्ड रासफोर्डले सामाजिक संजालबाट शल्यक्रिया सफल भएको जनाएका छन् । उनले ट्वीटरबाट आफ्नो शल्यक्रिया शुक्रबार बिहान गरिएको र अहिले सबै ठिक रहेको बताएका छन् ।
लामो समयबाट देखिएको काँधको चोटबाट मुक्त पाउन रासफोर्डले शल्यक्रिया गरेका हुन् । अब रासफोर्ड करिब ३ महिना मैदान बाहिर रहने छन् ।
२३ वर्षीय फरवार्ड रासफोर्डले नयाँ सिजनको सुरुवाती खेलहरु समेत गुमाउने छन् । फरवार्ड रासफोर्ड युनाईटेडका लागि महत्वपूर्ण रहदै आएका छन् ।
गत सिजन रासफोर्डले ३७ प्रिमियर लिगमा ११ गोल गरेका थिए । रासफोर्ड युरोकप फुटबलमा भने प्रभावकारी प्रदर्शन गर्न चुकेका थिए ।
प्रकाशित मितिः २०७८ साउन २७ बुधबार
Comments