काठमाडौं । इंग्लिस क्लब नर्विच सिटीले युवा फरवार्ड जोश सर्जेन्टलाई अनुबन्ध गरेको छ ।
नर्विचले अमेरिकन फरवार्डलाई जर्मन क्लब वेर्डेर ब्रेमेनबाट अनुबन्ध गरेको हो । २१ वर्षीय फरवार्डले नर्विचसँग ४ वर्षको सम्झौता गरेका छन् ।
उनी २०२५ सम्म नर्विचमा रहने छन् । जर्मन क्लबका लागि उनले ८३ खेलमा १५ गोल गरेका छन् ।
अमेरिकाका लागि उनले १६ खेलमा ५ गोल गरेका छन् । नर्विच यसै सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब हो ।
प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार
Comments