काठमाडौं । रोमेलु लुकाकुले चेल्सी फर्कने तयारी गरेका छन् । चेल्सीले प्रस्ताव गरेको १ सय १५ मिलियन युरो मुल्यलाई अन्तिम रुप दिन लुकाकु लण्डन फर्कन लागेका हुन् ।
उनी क्लबको कीर्तिमानी मुल्यमा चेल्सी फर्कन लागेका हुन् । २८ वर्षिया फरवार्डले मिलान क्लबमा आफ्नो पहिलो चरणको मेडिकल प्रक्रिया पुरा गरेका छन् ।
सम्झौतालाई अन्तिम रुप दिन क्लबका वकिल लागिपरेका छन् । लुकाकुले चेल्सीसंग ५ वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ ।
इन्टर मिलानले सुरुवातमा चेल्सीको दुई वटा प्रस्ताव अस्विकार गरेको थियो । उसले दोस्रो पटक चेल्सीले राखेको सय मिलियन युरो सहित लेफ्ट ब्याक मार्कोस एलान्सोको प्रस्ताव समेत टारेको थियो ।
लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । उनले मात्र १५ खेलमा चेल्सीमा देखिन पाए । उनी अन्डरलेच क्लबबाट सन् २०११ म चेल्सी आएका थिए ।
युरोपको उत्कृष्ट फरवार्डको रुपमा आफुलाई प्रमाणित गरेका लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । र दुई वर्ष म्यान्चेष्टर युनाईटेडमा बिताउदा उनले ९६ खेलमा ४२ गोल गरेका थिए । उनले सन् २०१९ मा इन्टर मिलान आउने निर्णय गरेका थिए ।
उनले सिरि एमा गत सिजन २४ गोल गरे । उनले इन्टरलाई ११ वर्षको अन्तरमा पहिलो लिग उपाधि जिताए । ९ वर्षको युभेन्ट्सको एकाधिकार तोड्दै इन्टरले गत सिजन सिरि एको उपाधि जितेको थियो ।
चेल्सी प्रशिक्षक थोमस टुचेल एक राम्रो फरवार्डको खोजीमा थिए । चेल्सीले सुरुवातमा बोरुसिया डर्टमण्डका इर्लिङ हालान्ड किन्न कोशिश गरेको थियो । तर लण्डन क्लब सफल हुन सकेन । प्रशिक्षक टुचेल ९ नम्बरको भुमिकामा खेल्ने फरवार्डको खोजीमा छन् । ओलिभर जिराउड एसी मिलान लागेपछि टुचेल नयाँ फरवार्डको खोजीमा रहेका थिए ।
गत सिजन च्याम्पियन लिग जितेपनि चेल्सीले घरेलु लिगमा खासै उपाधिमा चुनौती दिन सकेको छैन । लुकाकुको आगमनसंगै प्रिमियर लिग र युरोपेली फुटबलमा थप शक्तिशाली बन्न सकिने चेल्सीको विश्वास छ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार
Comments