काठमाडौं । म्यानचेस्टर युनाईटेडका डिफेन्डर एक्सेल टुवानजीबी एस्टन भिल्लामा अनुबन्धित भएका छन् ।
एस्टनले डिफेन्डर एक्सेललाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । युनाईटेडसँग २०२३ सम्मको सम्झौता गरेका एक्सेल लोनमा एस्टन लागेका हुन् ।
२३ वर्षीय डिफेन्डर २०१८/१९ को सिजन पनि एस्टनबाट खेलेका थिए । एस्टन प्रिमियर लिगमा बढुवा हुँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
युनाईटेडको एकेडेमीमा हुर्किएका एक्सेल सन् २०१५ बाट सिनियर टिममा रहदै आएका छन् । युनाईटेडका लागि उनले ३७ खेल खेलेका छन् ।
इंग्ल्यान्डका यू-२१ टोलीबाट खेलिसकेका उनले प्रिमियर लिगमा युनाईटेडका लागि १९ खेल खेलेका छन् ।
प्रकाशित मितिः २०७८ साउन २५ सोमबार
Comments