काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट ७७ नम्बर जर्सी हटाइने भएको छ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर ७७ हटाइने जानकारी नेपाल क्रिकेट संघ(क्यान)ले जानकारी दिएको छ ।
भर्खरै मात्रै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसको योगदानको कदरका लागि ७७ नम्बरको जर्सी प्रयागबाट हटाउन लागेको क्यान जनाएको छ । करिब २ दशक नेपाली टोलीबाट क्रिकेट खेलेका पारसले गत साता मात्रै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
Honouring the contribution of @paras77 to Nepal Cricket, CAN has decided to withdraw no. 77 Jersey from use pic.twitter.com/iuZAJO8Lf0
— CAN (@CricketNep) August 8, 2021
प्रकाशित मितिः २०७८ साउन २४ आइतबार
Comments