काठमाडौं । टोक्यो ओलिम्पिक्सको ताजा पदक तालिकामा संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ। अमेरिका र चीनको समान ३८ स्वर्ण पदक रहेको छ।
तर रजत र कास्य पदकमा चीनभन्दा अमेरिका अघि छ। पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान र चौथो स्थानमा ब्रिटेन रहेका छन्।
ओलिम्पिक्समा अन्तर्गत जापानका ४२ खेल स्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा तय भएका थिए।
टोक्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी दिने यो पाना स्वत: अद्यावधिक हुनेछ।
प्रकाशित मितिः २०७८ साउन २४ आइतबार
Comments