काठमाडौं । टोकियो ओलम्पिकको आज अन्तिम दिन १३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ।
आयोजकका अनुसार आज एथलेटिक्स, बास्केटबल, बक्सिङ, ह्याण्डबल, जिम्नास्टिक, ट्रयाक साइक्लिङ, भलिबल र वाटर पोलो खेलहरुमा प्रतिस्पर्धा हुनेछ।
जारी टोकियो ओलम्पिकमा हालसम्म चीनले ३८, अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०,अष्ट्रेलियाले १७ वटा स्वर्ण पदक जितेका छन्।
आज विशेष समारोहको आयोजना गरी ओलम्पिकको समापन गरिने छ। एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २४ आइतबार
Comments