काठमाडौं । जापानको टोकियोमा जारी ३२ औँ संस्करण अन्तर्गत पुरुष बास्केटबलको स्वर्ण अमेरिकाले हात पारेको छ ।
अमेरिकाले शनिबार बिहान सैतामा सुपर एरिनामा फ्रान्समाथि ८७-८२ को जित निकाल्दै लगातार चौथो ओलम्पिक स्वर्ण हात पारेको हो ।
पहिलो क्वाटर २२-१८, दोस्रो क्वाटर २२-२१ र तेस्रो क्वाटर २७-२४ ले आफ्नो पक्षमा पारेको अमेरिकाले चौँथो तथा अन्तिम क्वाटर भने १९-१६ ले गुमायो ।
अमेरिकाले सन् २००८, २०१२ र २०१६ को ओलम्पिकमा पनि स्वर्ण जितेको थियो।
प्रकाशित मितिः २०७८ साउन २३ शनिबार
Comments