काठमाडौँ । केन्याकी पेरेस जेपचिरचिरले एथलेटिक्स महिला म्याराथनमा स्वर्ण पदक जितेकी छन्। जेपचिरचिरले २ घण्टा २७.२० मिनेटमा दुरी पार गरेकी हुन्। उनले देशकी ब्रिगिड कोसगेईलाई १६ सेकेण्डले पछि पारेकी थिइन्।
कोसगेईले २ घण्टा २७.३६ मिनेटमा दुरी पार गरिन्। अमेरिकाकी मोली सेइडेलले काश्य पदक जितिन्। सेइडेलले २ घण्टा २७.४६ मिनेटमा दुरी पार गरिन्।
महिला म्याराथनको फाइनल चरणमा ८८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २३ शनिबार
Comments