काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले शुक्रबार यसबारे जानकारी दिएको हो ।
एन्फाका अनुसार नेपालले दशरथ रंगशालामा भारतविरुद्ध भदौ १७ र २० मा खेल्न लागेको हो । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपालले यी दुई खेल खेल्न लागेको हो ।
नेपालले बंगलादेश, किर्गिस्ताान र प्यालेस्टाइनसँग पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना रहेको छ । तर यसबारे अन्तिम निर्णय हुन भने बाँकी छ ।
प्रकाशित मितिः २०७८ साउन २२ शुक्रबार
Comments