काठमाडौं । टोकियो ओलम्पिकमा पुरुष एकल तर्फ स्वर्ण पदक जितेका टेनिस खेलाडी अलेक्जेन्डर ज्वेरेभलाई, बार्यन म्युनिखले सम्मान प्रदान गरेको छ ।
जर्मन क्लब बार्यनले, ज्वेरेभलाई क्लबको जर्सी उपहार दिर्दै लेजेन्डस बीच भएको मैत्रीपुर्ण खेलमा सहभागी गराएको थियो ।
बार्यनका कप्तान तथा गोलकिपर म्यानुएल न्योरले एलियान्ज एरिनामा नम्बर एक लेखिएको पर्सनालाइज्ड क्लब जर्सी ज्वेरभलाई दिएका थिए । त्यसपछि विश्व वरियताको पांचौ स्थानमा रहेका ज्वेरभेले खेलमा भाग लिए ।
ज्वेरेभ ओलम्पिकमा जर्मनीका लागि पुरुष एकल तर्फ स्वर्ण जित्ने पहिलो खेलाडी हुन् । उनले फाइनलमा रुस ओलम्पिक कमिटीका कारेन काचानोभलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।
लेजेन्डहरु बीच भएको खेलमा फ्राङक रिवेरी, रोय माक्के, लगायतको उपस्थिती रहेको थियो । बायर्न नयाँ सिजनको तयारीमा छ ।
जर्मनको घरेलु लिग बुन्डेसलिगा १४ अगस्टबाट सुरु हुदैछ । साविक विजेता बायर्नले आफ्नो पहिलो खेल सोही दिन बोरुसिया मोन्चेग्लाग्बासंग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २१ बिहिबार
Comments