काठमाडौं । आईसिसी क्रिकेट वर्ल्ड कप-सीडब्लूसी लिग-२ अन्तर्गत अमेरिका र ओमानसहितको त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु भएको छ। बन्द प्रशिक्षणमा १९ जना खेलाडी सहभागी छन्।
२० जना खेलाडी बोलाइएपनि पारस खड्काले सन्याश लिएपछि १९ जना खेलाडीमा सिमित भएको हो। बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन्।
प्रतियोगिताअन्तर्गत नेपालले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नु पर्नेमा हालसम्म एउटा मात्र खेलेको छ। नेपालले दुई खेलबाट ४ अंक जोडेको छ।
प्रकाशित मितिः २०७८ साउन २० बुधबार
Comments