काठमाडौं । घरेलु टोली वेस्ट इन्डिज र पाकिस्तानबीचको चौंथो तथा अन्तिम टी-ट्वान्टी क्रिकेट नतिजा विहीन सकिएको छ ।
गुएनामा मंगलबार राति भारी वर्षाको कारण चौंथो टी-ट्वान्टी नतिजा विहीन सकिएको हो । वर्षाले खेल प्रभावित गर्नु अघि वेस्ट इन्डिजले ३ ओभरमा बिना विकेटको क्षतिमा ३० रन जोडेको थियो ।
आन्तिम खेल रद्द भएसँगै ४ खेलको टी-ट्वान्टी सिरिज पाकिस्तानले १-० ले जितेको छ ।
यस अघि वर्षाकै कारण पहिलो र तेस्रो खेल रद्द भएको थियो । दोस्रो खेल भने पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २० बुधबार
Comments