काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमको बंगलादेश भ्रमण स्थगित भएको छ । क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ ।
तर, इंग्ल्यान्ड र बंगलादेशले औपचारिक रुपमा सिरिज स्थगितबारे केहि बताएको छैन । इंग्ल्यान्डले सेप्टेम्बर देखि अक्टोबरसम्म बंगलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।
भ्रमण दौरान इंग्ल्यान्ड र बंगलादेशबीच एकदिवसीय र टी(ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो । दुई राष्ट्रबीच समान ३ खेलको एकदिवसीय र टी(ट्वान्टी सिरिज हुने तय थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १९ मंगलबार
Comments