काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा चीनले अंक तालिकामा अग्रता बनाएको छ । यस अघि अंक तालिकामा चीन, अमेरिका र जापानकाे प्रतिस्पर्धा तीव्र थियो । तर, पछिल्लो अंक तालिकामा चीनले दुवै देशलाई पछाडि छोडेको छ ।
पछिल्लो तालिका अनुसार चीनले चीनले २४ स्वर्ण, १५ रजत र १४ कास्य पदक जितेको छ । दोस्रो स्थानमा रहेका अमेरिकाले २० स्वर्ण, २४ रजत र १६ कास्य पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेको छ । यस अघि चौथो स्थानमा रहेको रसियालाई अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले १४ स्वर्ण, ३ रजत र १४ कास्य पदक जितेको छ ।
पाँचौ स्थानमा रहेको रसियाले १२ स्वर्ण १९ रजत र १३ कास्य पदक जितेको छ । १० स्वर्ण, १० रजत र १२ कास्य जितेको संयुक्त अधिराज्य छैटौं स्थानमा छ ।
Comments