काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिक अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।
कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन् । यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार गरेका थिए ।
करिब २ घण्टा चलेको प्रतिस्पर्धामा उनीहरुले पुरानो नतिजा तोड्ने प्रयास गरेका थिए । तर, दुबै खेलाडी असफल भएका थिए । त्यसपछि दुबै खेलाडीले स्वर्ण पदक बाड्ने निर्णय गरेका थिए । र, दुबै खेलाडीले एक अर्कासँग खुशी साटेका थिए ।
एथलेटिक्समा सन् १९१२ पछि पहिलो पटक पदक बाँडिएको हो । बेलारुसका माक्सिम नेदसेकाउले २।३९ मिटर उचाई पार गर्दै कास्य पदक जिते । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १८ सोमबार
Comments