काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा चीन, जापान र अमेरिकाबीच पदक तालिकामा रोचक प्रतिस्पर्धा देखिएको छ ।
यी तीन देशीबीच आलोपालो अंकतालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा देखिएको छ । यस अघि जापानले अग्रता बनाएको थियो । तर पछिल्लोपटक चीनले जापान र अमेरिकालाई पछाडि छोडेको छ ।
अंक तालिका अनुसार पछिल्लो अपडेटमा चीनले १७ स्वर्ण, ८ रजत र ११ कास्य जितेको छ । दोस्रो स्थानमा रहेको जापानले १५ स्वर्ण, चार रजत र सात कास्य पदक जितेको छ । अमेरिकाले पनि दुवैलाई उछिनेकाे थियाे ।
दुवैलाई पछ्याएको अमेरिकाले १४ स्वर्ण, १६ रजत र ११ कास्य जितेको छ । तीन टिमबीच तीव्र प्रतिस्पर्धा देखिएको हो ।
चौथो स्थानमा रहेको रसियाले १० स्वर्ण, १२ रतज र ९ कास्य जितेको छ ।
पछिल्लाे अंक तालिका
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments