काठमाडौं । प्रि-सिजनको तयारी अन्तर्गत मैत्रीपूर्ण खेलमा सिरी ए क्लब इन्टर मिलानले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले सिरी बी टिम क्रोटोनलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
सिरी ए च्याम्पियन इन्टरको जितमा मार्टिन साट्रीयानो,फेडेरिको डिमार्को,हाकन,आन्द्रे पिनामोन्टी,स्टेफानो सेन्सी र मार्सेलो ब्रोजोभिचले एक एक गोल गरे। क्रोटोनविरुद्ध इन्टरले दुबै हाफमा ३र३ गोल गरेको थियो। एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १४ बिहिबार
Comments