काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा कामयै छ ।
राजधानी टोकियोमा जारि ओलम्पिकमा मंगलबारसम्म कुल ७२ स्वर्ण पदकको छिनोफानो भएको छ । जापानले अहिलेसम्म १० स्वर्ण तीन रजत र पाँच काश्य सहित कुल १८ पटक जितेको छ ।
पदक तालिकाको दोस्रो स्थानमा अमेरिका रहेको छ । दोस्रो स्थानको अमेरिकाले ९ स्वर्ण, आठ रजत र आठ काश्यका साथ कुल २५ पदक जितेको छ । यस्तै तेस्रो स्थानमा रहेको चीनले पनि नौ स्वर्ण, पाँच रजत र सात काश्यका साथ कुल २१ पदक जितेको छ ।
यस्तै, रसियन टिमले सात स्वर्ण सात रजत र चार काश्य सहित कुल १८ पटक हात पारेको छ ।
बेलायले अहिलेसम्म चार स्वर्ण, पाँच रजत र चार काश्य जितेको छ भने दक्षिण कोरीया, अष्ट्रेलियाले तीन तीन स्वर्ण जितेका छन ।
पदक तालिकामा अहिलेसम्म ३० देशले स्वर्ण जितेका छन । यस्तै, टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
पदक तालिका:
प्रकाशित मितिः २०७८ साउन १३ बुधबार
Comments