काठमाडौं । प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटीले जित हासिल गरेको छ ।
मंगलबार राति रियाद महरेजको शानदार फ्रिकिकमा सिटीको कमजोर टिमले प्रेस्टोन नर्थ इन्डलाई २–० ले हराएको हो ।
युरो कप र कोपा अमेरिकापछि मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाको टिममा मैत्रीपूर्ण खेलका लागि महरेजमात्र एक सिनियर खेलाडी उपलब्ध थिए ।
महरेजले पहिलो हाफमै च्याम्पियनसिप क्लबमाथि गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफपछि १८ वर्षिया युवा खेलाडी साम एडोजीले एक गोल थपेका थिए ।
रुविन डायस, जोआओ क्यान्स्लो र नाथल अके सोमबारबाट मात्र प्रशिक्षणमा फर्किएका छन् । ग्वार्डिओलाले सबै खेलाडीलाई बाहिर राखेका थिए । जसमा बेन्जामिन मेन्डी समेत समावेश थिए ।
सिटीको एकेडेमी रंगशालामा फर्नान्डिन्हो र महरेजले सिटीबाट सुरुवात गरेका थिए । युवा खेलाडीसंग विङ्गर मोर्गन रोजर्स पनि थिए ।
महरेजले २५ औं मिनेटमा २५ यार्ड टाढाबाट शानदार फ्रिकिकमार्फत सिटीलाई अघि बढाए । जुन प्रेस्टन गोलकिपर कोर्नर रिप्लेका लागि समेत धेरै राम्रो थियो ।
एडोजी जो दोस्रो हाफमा मैदान छिरेका थिए । ६४ औं मिनेटमा उनले सिटीको अग्रता दोब्बर बनाएका थिए । ग्वार्डिओलाले पहिलो हाफपछि १० खेलाडी टिममा परिवर्तन गरेका थिए ।
फ्रान्सको ट्रोइजसंग खेल्ने योजना रद्ध भएपछि सिटीले शनिबार सीएफएलमा बान्सर्लेसंग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन १३ बुधबार
Comments