काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनका रक्षक आच्रफ हाकिमी कोभिड–१९ संक्रमित भएका छन्।
मोरोक्कोका हाकिमी केही साताअघि मात्र इटालिन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट पीएसजीसँग अनुबन्ध भएका हुन्।
उनले पीएसजीबाट गत बुधबार लेमान्सविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए। तर कोभिड–१९ का कारण शनिबार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेल खेलेनन्। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ०३ आइतबार
Comments