काठमाडौं । श्रीलंकाका कप्तान कुसल परेराले भारतविरुद्धको सिरिज गुमाउने भएका छन् । काँधमा लागेको चोटको कारण परेराले भारतविरुद्धको सिरिज गुमाउने भएका हुन् । श्रीलंका क्रिकेटले औपचारिक रुपमा केहि बताएको छैन ।
तर, क्रिकइन्फोले ब्याट्सम्यान परेरा करिब ६ साता मैदान बाहिर रहने पक्का भएको जनाएको छ । श्रीलंकाले भारतसँग खेल्ने टोलीको घोषणा गरेको छैन ।
श्रीलंकाले घोषणा गर्ने टिममा परेरालाई समावेश नगरिने बताईएको छ । श्रीलंकाले घरेलु मैदानमा भारतसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्दैछ ।
तीन खेलको एकदिवसीय सिरिज जुलाई १८ मा सुरु हुनेछ । यस्तै जुलाई २५ बाट टी(ट्वान्टी सिरिज हुनेछ । टी-ट्वान्टी पनि तीन खेलको हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ०१ शुक्रबार
Comments