काठमाडौं । बोरुसिया डर्टमण्डले इर्लिङ हालाण्डलाई यस समर ट्रान्सफरमा नबेच्ने भएको छ । लण्डन क्लब चेल्सीले इच्छा देखाएको खेलाडी हालाण्डलाई डर्टमण्डले नबेच्ने बताएको हो ।
जर्मन क्लबले चेल्सीबाट हालाण्डका लागि कुनै आधिकारिक प्रस्ताव नआएको बताएको छ । हालाण्ड जुन २१ मा २१ वर्षको पुग्दैछन् ।
चेल्सी प्रशिक्षक थोमस टुचेलले हालाण्डलाई किन्न इच्छुक छन् । हालाण्डले च्याम्पियन्स लिगका खेलमा रेडबुल साल्जवर्ग र बोरुसिया डर्टमण्डबाट १६ खेलमा २० गोल गरेका थिए । उनले युरोपेली क्लब फुटबलमा आफुलाई उत्कृष्ट युवा फरवार्डको रुपमा प्रस्तुत गरेका छन् ।
म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले समेत पछिल्लो अवस्थालाई हेरिरहेका छन् । उनी यस सिजन नयाँ फरवार्डलाई क्लबमा अनुबन्ध गर्न चाहन्छन् । कीर्तिमानी खेलाडी सर्जियो अग्युरो क्लब छाडेर बार्सिलोना गएपछि सिटी नयाँ फरवार्डको खोजीमा छ ।
सिटी इङ्ल्याण्डका कप्तान समेत रहेका ह्यारी केन अनुबन्धका लागि ब्यग्र छ । जसले गर्दा केनको टोटेनहम भविष्य अनिश्चित देखिएको छ । क्लबले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र बार्सिलोनाका एन्टोनी ग्रिजम्यानसंग जोडिएका विषयलाई अस्विकार गरिसकेको छ ।
तर डर्टमण्ड हालाण्डका लागि आउने प्रस्तावलाई अस्विकार गर्न दृढ संकल्पित देखिएको छ । डर्टमण्डका अर्का फरवार्ड जाडोन साञ्चो यस सिजन जर्मन छाड्दैछन् ।
म्यान्चेष्टर युनाईटेड साञ्चोका लागि यस सिजन ७३ मिलियन पाउण्ड रकम दिन तयार छ । सोही कारण साञ्चो यस सिजन युनाईटेड आउने भएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ०१ शुक्रबार
Comments