काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड मार्कस रासफोर्ड नयाँ सिजनको सुरुवाती दुई महिना मैदान बाहिर रहने भएका छन् ।
काँधको चोटको शल्यक्रिया गर्ने निर्णय गरेपछि रासफोर्ड सिजनको सुरुवाती दुई महिना मैदान बाहिर रहने भएका हुन् । शल्यक्रिया गरेपछि रासफोर्ड आगामी अक्टोबरको अन्तिमसम्म मैदान बाहिर रहने बताईएको छ ।
रासफोर्डले मंगलबार चोटको स्क्यान गरेपछि शल्यक्रिया गर्ने निर्णय गरेको हो । तर, उनको जुलाई अन्तिमसम्म शल्यक्रिया नहुने बताईएको छ ।
२३ वर्षीय फरवार्ड युनाईटेडका लागि महत्वपूर्ण रहदै आएका छन् । तर, युनाईटेडले हालै बोरुसिया डर्टमण्डबाट विंगर जाडोन सान्चोलाई अनुबन्धित गरिसकेको छ ।
गत सिजन रासफोर्डले ३७ प्रिमियर लिगमा ११ गोल गरेका थिए । रासफोर्ड युरोकप फुटबलमा भने प्रभावकारी प्रदर्शन गर्न चुकेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ३० बुधबार
Comments