एजेन्सी, १० फागुन । सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले सटन युनाइटेडलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
आर्सनललाई जिताउन २६ औँ मिनेटमा लुकास पेरेजले गोल गरे । त्यस्तै दोस्रो हाफ सुरु भएको १० मिनेटमा वाल्कटले गोल गर्दै २–० ले आर्सनलले खेल जित्यो ।
आर्सनलले क्वाटरफाइनलमा अब लिंकन सिटीसँग खेल्नेछ । लिकंन सिटी बर्नलीलाई हराएर क्वाटरफाइनलमा प्रवेश गरेको हो । यी दुइको खेल शनिबार हुँनेछ ।
आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश
0
Share.
Comments