काठमाडौं । युरोकप फुटबलको फाइनल खेल आज राति हुँदैछ ।
वेम्बली स्टेडियमा हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।
इटाली तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । यस्तै, इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो ।
इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।
इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् ।
इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २७ आइतबार
Comments