काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् ।
सन्दीपले सामाजिक संजालबाट इंग्ल्यान्ड प्रस्थान गरेको जानकारी दिएका छन् । सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिन क्वारेन्टिनमा बस्ने छन् । यस्तै उनको दुई पटक कोरोनाको पीसीआर प्रशिक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने छन् । १०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुने तालिका रहेको छ ।
यस अघि सन्दीपले भाइटालिटी टी(ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए । बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाएका हुन् । उक्त प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २५ शुक्रबार
Comments