काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतबार बिहान अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक एक गोल गरे । अर्जेन्टिनाले गरेको तीनै गोलमा मेस्सीको भूमिका रह्यो ।
मेस्सीको पासमा ४० औं मिनेटमा पलको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मार्टिनेजले ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई जिततर्फ डोर्याएका थिए ।
खेलको ईन्जुरी समयमा उत्कृष्ट फ्रिकिकमार्फत मेस्सीले अर्जेन्टिनालाई ३–० को जित दिलाए । अर्जेन्टिनाले फाईनल प्रवेशका लागि कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २० आइतबार
Comments