काठमाडौं । चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो ।
डेनमार्कका लागि थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे भने चेक रिपब्लिकका लागि प्याट्रिक शिकले एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई २–० को अग्रता दिलाए । ४९ औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २–१ को स्थितिमा ल्याए । तर, उनको गोलले चेक रिपब्लिकको हार भने टार्न सकेन ।
अब डेनमार्कले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । डेनमार्क सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार २० आइतबार
Comments