काठमाडौं । क्रोएसियालाई अतिरिक्त समयमा हराउँदै स्पने युरोकपको क्वाटरफाइनलमा पुगेको छ । कोपनहेगनमा मंगलबार बिहान सम्पन्न खेलमा प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोलले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।
रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।
क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एकरएक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । युरोपियन च्याम्पियनसिपमा आत्मघाती गोल गर्ने उनी चौंथो गोल किपर हुन् । यस्तै जारी प्रतियोगिताको यो नवौं आत्मघाती गोल हो ।
निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।
खेलको १००औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए । खेलको १ सय ३औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५-३ गोलको रोमान्चक जित दिलाए । यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ ।
अब स्पेनले अन्तिम आठमा फ्रान्स र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १५ मंगलबार
Comments