काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ ।
आज बिहान पेड्रो ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १–१ को बराबरीमा ल्याए ।
यस बराबरीसँगै समूह बी को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो ।
इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौंथो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १४ सोमबार
Comments