काठमाडौं । भेनेजुएलालाई पराजित गर्दै पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले पराजित गर्दै पेरु क्वाटरफाइनलमा पुगेको हो ।
पेरुका लागि आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै पेरु समूह बी को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पुछारमा रहेको भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १४ सोमबार
Comments