काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको ४२ औं मिनेटमा थोमस मुनिएरको पासमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् ।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १४ सोमबार
Comments