काठमाडौं । आईसिसी विश्वकप लिग २ अन्तर्गत स्पेनमा हुने भनिएको नामिबिया, स्कटल्यान्ड र नेपालसम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला स्थगित भएको छ।
नामिबियामा कोरोना संक्रमण बढेको र यात्रामा कडाई गरेकाले शृखला स्थगित भएको आईसिसीले जनाएको छ। अब यो शृंखला सन् २०२२ को जुलाईमा हुने छ।
आगामी एकदिवशीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा रहेको विश्वकप लिग २ मा नेपालले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नु परे पनि हालसम्म एउटा मात्र खेलेको छ।
नेपालका खेलहरु महामारीले प्रभावित भएका छन्।
प्रकाशित मितिः २०७८ असार १० बिहिबार
Comments