काठमाडौं । हंगेरीसँग रोकिएपनि जर्मनी समूह उपविजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए । ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए । तर, ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।
बराबरीसँगै समूह एफ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । २ अंक जोडेको हंगेरी भने समूह चरणबाट बाहिरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १० बिहिबार
Comments