काठमाडौं । युरोकप फुटबलको साविक विजेता पोर्चुगलले समूह एफ को अन्तिम खेलमा फ्रान्सलाई बराबरीमा रोकेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा फ्रान्स पोर्चुगलसँग २–२ को बराबरीमा रोकेको हो ।
फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । यस्तै, पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए । ४८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । तर, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–२ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै समूह एफ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो र, शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश पुगेको छ । पोर्चुगल ३ खेलमा ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा रह्यो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार १० बिहिबार
Comments