काठमाडौं । क्रोएसिया समूह उपविजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३–१ को जित निकाल्दै क्रोएसिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
क्रोएसियाका लागि निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । यस्तै, स्कटल्याण्डका लागि कलुम म्याकग्रिगोरले एक गोल गरे ।
खेलको १७ औं मिनेटमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १–१ को बराबरीमा ल्याए । ६२ औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै क्रोएसिया २–१ को अग्रता दिलाए । त्यसपछि ७७ औं मिनेटमा पेरिसिचले गोल गर्दै क्रोएसियालाई ३–१ को जित दिलाए ।
जितसँगै समूह डी को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०९ बुधबार
Comments