काठमाडौं । इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डका लागि रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा स्ट्रर्लिङले गोल गरेका हुन् ।
जितसँगै समूह डी को इंग्ल्यान्डले अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो । चेक ४ अंक जोड्दै भने तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०९ बुधबार
Comments