काठमाडौं । युरोकप फुटबलमा स्पेन र पोल्याण्डले अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
स्पेनका लागि अल्भारो मोराटाले एक गोल गरे भने पोल्याण्डका लागि लेवान्डोस्कीले एक गोल गरे । खेलको २५ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।
यस्तै, खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।
बराबरीसँगै स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०६ आइतबार
Comments