काठमाडौं । युरोकप फुटबलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग बराबरीमा रोकिएको छ । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।
खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै समूह डी को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०५ शनिबार
Comments