काठमाडौं । युरोकप फुटबल अन्तर्गत समूह डी अन्तर्गत दोस्रो चरणको खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । ग्लास्गोस्थित हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको हो ।
चेक रिपब्लिकका लागि प्याट्रिक शिकले एक गोल गरे भने क्रोएसियाका लागि इभान पेरिसिचले एक गोल गरे । खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो ।
तर, ४७ औं मिनेटमा क्रोएसियाका पेरिसिचले गोल गर्दै खेललाई १–१ को बराबरीका ल्याए । बाँकी समयमा कुनै गोल नभएपछि दुवै टोलीले अंक बाडेका छन् ।
बराबरीसँगै क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ भने चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०५ शनिबार
Comments