काठमाडौं । स्विडेनले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार भएको खेलमा स्लोभाकियालाई १–० ले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।
स्विडेनका लागि इमिल फोर्सबर्गले निर्णायक गोल गरे । खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् । स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो ।
जितसँगै समूह ई मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०५ शनिबार
Comments