काठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ । साउथह्याम्पटनमा हुने फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् । फाइनल टेस्ट नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
विराट कोहलीको कप्तानीमा मैदान उत्रने भारत पहिलो संस्करणको उपाधि उचाल्न चाहन्छ । फाइनल खेलका लागि भारतले बलियो सुरुवाती-११ सार्वजनिक गरिसकेको छ ।
केन विलियम्सनको कप्तानी मैदान उत्रने न्युजिल्याण्डले सुरुवाती-११ सार्वजनिक गरेको छैन । तर, न्युजिल्याण्डले उपाधि जित्नका लागि उत्कृष्ट सुरुवाती-११ छनोट गर्नेछ ।
दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले ३ खेल जित्दा न्युजिल्याण्डले २ खेल जितेको छ । गत वर्षको फेब्रुअरीमा भएको दुई टेस्ट सिरिजमा न्युजिल्याण्डले भारतलाई हराएको थियो ।
टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन् । फाइनल टेस्ट ड्र बराबरी मा सकिए उपाधि बाडिने छन् ।
यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०४ शुक्रबार
Comments