काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जोन लापोर्टाले फरवार्ड लियोनल मेस्सी क्लबमै बस्न चाहेको बताएका छन् । उनले वित्तिय नियमका कारण नयाँ अनुबन्धनको घोषणामा ढिलाई भएको स्पष्टिकरण दिएका छन् ।
पुरानो सम्झौता सकिएसंगै मेस्सीले गत महिना क्याप नाउ छाडेका थिए । क्लब सम्झौता नविकरणका लागि प्रयास गरिरहेको छ ।
मेस्सीले गत सिजन क्लब छाड्न चाहेका थिए । तत्कालिन क्लब नेतृत्वसंग असन्तुष्ट रहेका मेस्सीले आफुले बार्सिलोना छाड्न पाउने शर्तलाई सक्रिय बनाउन अनुरोध गरेका थिए ।
तर क्लबले उनलाई सहजै छाड्न मानेन । उनले क्लबसंग कानुनी लडाँई नलड्ने बताउँदै सम्झौता अनुसार थप एक सिजन बार्सिलोनमै बस्न राजी भएका थिए । लापोर्टाले ३३ वर्षिया फरवार्ड क्लबमै बस्न राजी हुने बताए । उनले चाँडैनै नयाँ सम्झौतामा पुगिने उल्लेख गरेका छन् ।
ुउनलाई क्लबमा राख्ने प्रयास जारीनै रहनेछ । उनी क्लबमै बस्न चाहन्छन् । यो सजिलो छैन । हामी त्यही गर्छौ, जति हामी सक्छौं ।ु उनले भने, ुउनलाई भ्रमित पार्न कुनै आवश्यक छैन ।ु
बार्सिलोनाले नयाँ सिजनका लागि म्यान्चेष्टर सिटीका फरवार्ड सर्जियो अग्युरोलाई अनुबन्धन गरेको छ । मेस्सी आफै अग्युरोसंग खेल्न चाहन्थे । उनले क्लबलाई पटक पटक अग्युरोलाई अनुबन्धन गर्न आग्रह समेत गरेका थिए । दुवै अर्जेन्टिनी खेलाडी पनि हुन् ।
मेस्सीका लागि गत सिजन सुखद रहेन । तर उनी पुन एक पटक ला लिगाका सर्वाधिक गोलकर्ता रहे । उनले ३५ खेलमा ३० गोल गरे । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०३ बिहिबार
Comments