काठमाडौं । नेपाल सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगिता छनोटका तेस्रो चरणमा प्रवेश गरेको छ ।
एसियाली फुटबल महासंघ एएफसी को नयाँ नियमअनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो चरणका खेल खेल्ने भएको हो ।
एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा तेस्रो र चौथो भएका १६ टिम सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो । त्यसबाहेक छनोट खेलमा दोस्रो हुने ३ टिम र पाँचौ हुनेध्ये उत्कृष्ट ३ टिमले पनि तेस्रो चरणको छनोट खेल खेल्नेछन् ।
अब दोस्रो चरणको छनोटमा अन्तिम हुने ४ टिमले प्लेअफ खेल्नेछन् र त्यसबाट शीर्ष दुई टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।
कोरोनाका कारण एक वर्ष रोकिएकाले एएफसीले नयाँ नियम बनाएको जनाएको हो । एएफसीको नयाँ नियमअनुसार नेपाल प्लेअफमा नखेली सिधै तेस्रो चरणको छनोट खेल खेल्न पाउने भएको हो ।
प्रकाशित मितिः २०७८ असार ०२ बुधबार
Comments