काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज आइतबार विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह सी को दुई खेल र समूह डी को एक खेल हुनेछ ।
आज हुने पहिलो खेलमा समूह डी मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई एक पटक उपाधि दाबेदार मानिएको छ । यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ ।
समूह सी मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ ।
समूह सीु को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ जेठ ३० आइतबार
Comments