काठमाडौं । १६ औं युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति तीन वटा खेल हुने भएका छन् । प्रतियोगिता अन्तर्गत आज हुने पहिलोैं खेलमा वेल्स र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ ।
यसैगरी, आजै हुने अर्को खेलमा डेनमार्कले फिनल्याण्डसँग खेल्ने छ । डेनमार्क र फिनल्याण्डबीचको खेल पौने १० बजेदेखि सुरु हुनेछ ।
आज हुने अन्तिम खेलमा बेल्जियमले रसियासँग खेल्ने छ । बेल्जियम र रसियाको खेल राति पौने १ बजे सुरु हुनेछ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा इटलीले भने विजयी सुरुवात गरेको छ । इटलीले टर्कीलाई ३–० ले पराजित गरेको हो ।
Comments